प्रकाश सपुतको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक

प्रकाश सपुतको फिल्म ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ।

कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा मुख्य पात्रबीचको अन्तरजातीय प्रेम, ग्रामीण जीवनशैली र सामाजिक संघर्षलाई देखाइएको छ।

फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। यसमा प्रकाश र परीक्षा लिम्बूसहित विल्सन विक्रम राई, सब्बु गुरूङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ।

पूर्वका रमणीय स्थानमा छायांकन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरूद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले बताए।

दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ। फिल्मको निर्मातामा रजिना विष्ट र संसार चौलागाईँ छन् भने सह–निर्माता रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी हुन्।

कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको फिल्मका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ। योलो इन्टरटेनमेन्टसँगको सहकार्यमा प्लानेट थ्रि फिल्म्सको प्रस्तुति रहेको ‘सोल्टिनी’ सुशन प्रजापतिले छायांकन, निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.