बुटवलमा छाडा चौपायामाथि कुटपिट गरिएको भन्दै ‘रुद्रगण’ को आपत्ति

बुटवल उपमहानगरपालिकाले संचालन गरेको छाडा चौपाया व्यवस्थापन कार्यक्रममा गाई-गोरुमाथि अमानवीय ढंगले कुटपिट गरिएको भन्दै धार्मिक संस्था ‘रुद्रगण’ ले गम्भीर आपत्ति जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “विशेषतः नगरप्रमुख श्री खेलराज पाण्डे स्वयम् उपस्थित रहेको अवस्थामा यस्तो घटना हुनु दुःखद र निन्दनीय विषय हो।”
​रुद्रगणका अध्यक्ष कमल सापकोटाद्वारा हस्ताक्षरित पत्रमा उपमहानगरपालिकाले संचालन गरेको छाडा चौपाया व्यवस्थापन कार्य सराहनीय भए तापनि सोही क्रममा गाई-गोरुमाथि निर्दयीतापूर्वक गरिएको कुटपिट प्रति दुःख व्यक्त गरिएको छ। व्यवस्थापनको नाममा गरिने यस्ता क्रूर व्यवहार मानवता, संवेदनशीलता र सनातन धर्म-संस्कृति विपरीत कार्य भएको संस्थाको ठहर छ।

​रुद्रगणले यस घटनाका सम्बन्धमा सम्बन्धित निकायले २४ घण्टाभित्र स्पष्टीकरणसहित सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्ने माग अघि सारेको छ। साथै, आगामी दिनहरूमा यस्ता अमानवीय घटना दोहोरिन नदिन र चौपाया व्यवस्थापनलाई संवेदनशील एवं व्यवस्थित बनाउन समेत उपमहानगरपालिकाको ध्यानाकर्षण गराइएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.