तेल झिकेर पानी बेच्ने तीन जना पक्राउ

 पोखरामा तेल चोरेर पानी बेच्नेलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका १० औद्योगिक क्षेत्रस्थित हिमश्री फुड्स प्रालिमा आवश्यक पर्ने ताडीको तेल (पाल्म आयल) ल्याउने क्रममा बिचमै त्यसलाई निकाली पानी भरेर बेच्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

सीजी आयल एण्ड डेरिभेटिभ्स प्रालिबाट खरिद गरेर ल्याउनुपर्ने तेलको सट्टा पानी भरेर ल्याउने बारा सिमरा उपमहानगरपालिका २२ अमलेखगञ्जका ३५ वर्षीय कविराज गौतम, सोही स्थानका ४९ वर्षका शम्भु भनिने छविनाथ गौतम र ३७ वर्षका बुद्धिबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।

ना ५ ख ७७०८ नम्बरको ट्रकबाट तेल चोरी गरीबिचमै बिक्री गरेका थिए । तेल चोरी गरेपछि तौल मिलाउनका लागि जर्किनमा पानी भरेर राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा १० दिनको म्यादा थप गरी अनुसन्धान अघि बढाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.