वीरगन्जको एक होटलमा बुवा-छोरा मृ*त भेटिए

वीरगन्जको नयाँ बसपार्कको भानु चोकमै रहेको होटल शाह पाराडाइजको कोठामा बाबु छोरा अवस्थामा भेटिएका हुन्। होटलको इन्ट्री रजिस्ट्रमा भारतको त्रिपुराका ६७ वर्षीय सजल आचार्य र उनका छोरा २४ वर्षीय सागर आचार्य भनेर लेखाएका दुवै जना मंगलबार साँझ कोठाभित्रै मृत अवस्थामा भेटाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

लम्सालका अनुसार, असोज १९ गतेदेखि कोठा नम्बर १११ मा बास बसेका दुवै जना मंगलबार बेलुकी ७ बजेसम्म पनि खाना खान नआएपछि होटेलका कामदार उनीहरूलाई बोलाउन उक्त कोठामा गएका थिए। तर भित्रबाट बन्द रहेको कोठाको ढोकामा होटलका कामदारले पटक-पटक ढक्ढकाउँदा पनि भित्रबाट कस‌ैले ढोका नखोलेपछि उक्त कोठासँगै रहेको अर्को कोठाको भन्टिलेटरबाट हेर्दा कोठामा बुवा र छोरा दुवै मृत अवस्थामा रहेको देखेका थिए।

लगत्तै होटलका सञ्चालकले खबर गरेपछि प्रहरी उक्त होटलमा पुगेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए। प्रहरीले पनि भेन्टिलेटरबाट हेर्दा कोठाभित्र सजन ओछ्यानमा र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको उनले बताए।

रात परिसकेकाले प्रहरीले उक्त कोठाको ढोका नफोडेको भन्दै लम्सालले भने, ‘दुवै शव कोठाभित्रै छ। बुधबार बिहान ढोका फोडेर शव निकाल्छौं।’ घटनाका बारेमा वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा जानकारी गराइसकेको पनि उनले बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.