जिल्ला प्रशासनको आदेश अवज्ञा गर्दै सामाखुसीमा राजावादीको जुलुस

काठमाडौँ जिल्ला प्रशासनको आदेश अवज्ञा गर्दै आज राजावादीहरूले सामाखुसीमा जुलुस गरेका छन्।

उनीहरूले राजा आऊ देश बचाऊ , हत्यारा सरकार मुर्दावाद, गणतन्त्र मुर्दावाद, हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ, नारा लगाएका थिए। 

प्रहरीको घेराभित्र सामाखुसी चोकमा २० मिनेटजति नाराबाजी गरेका उनीहरूले फेरि अर्को शनिबार प्रदर्शन गर्ने बताएका छन्। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.