सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने

 भदौ २४ गतेदेखि स्थगित रहेका सर्वोच्च अदालतका सेवाहरू आजबाट आंशिक रूपमा सुचारु हुने भएका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका घटनापश्चात हालसम्म बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदनको दर्ता र सुनुवाइ मात्र भइरहेको थियो ।

आजदेखि भने रिट निवेदनहरू, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू दर्ता र सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहने प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.