मधेश प्रदेशमा नेकपा (एमाले) र नेपाली कांग्रेसबाहेकको सरकार बन्ने भएको छ । मधेशमा ठूला दलहरू कांग्रेस, एमालेबाहेक अन्य ५ दलको सरकार बन्ने भएको हो ।
लोसपा, जसपा, जनमत, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत स्माज्वाडेसहित ५ दलको गठबन्धन बनेको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनार (सोनल)को नेतृत्वमा सरकार गठनको लागि दाबी पेश गर्ने सहमति भएको छ ।
कुल १०७ जना सांसद रहेको मधेश सभामा सरकार गठनको लागि ५४ जना आवश्यक रहेकोमा ५६ जनाको दाबीसहित सरकार गठनका लागि पेश गर्ने तयारी भएको हो।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मंगलबार दलहरूलाई आज अपरान्ह ४ बजेसम्मको समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।
यसअघि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका थिए । विश्वासको मत लिन मंगलबार आह्वान गरिएको सदनमा आफ्ना कुरा राखेपछि उनले राजीनामा घोषणा गरेका थिए ।
