पार्टी दर्ता गर्न विप्लव नेतृत्वको नेकपा निर्वाचन आयोगमा

आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि दल दर्ता प्रक्रियाका लागि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेताहरु आज निर्वाचन आयोगमा पुगेका छन् ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा सहितका नेताहरु दल दर्ता प्रक्रियाका लागि आवश्यक कागजातसहित वकिल लिएर निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेका हुन् ।

आगामी फागुन २१ गते हुने भनि तय भएको निर्वाचनका लागि निर्वाचन आयोगले यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने सीमा ताेकेकाे छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.