नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ।  आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्वपदाधिकारीको बैठकले मंसिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए।

उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए। त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए।

अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने बताए। आफूहरूको एकता कसैको विरुद्ध नभई आम जनतालाई जागृत र संगठीत गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उनले बताए।

खनालले अशोक राई र उपेन्द्र यादवको पार्टीसँग कुराकानी भइरहेको भन्दै केही अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे। उनले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएकाले बुढाहरूको पार्टी भन्न नमिल्ने धारणा राखे। 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.