सुशील खनाल । भाद्र २४, बुटवल
जितेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन मिति २०७९ भाद्र २४ गते सम्पन्न भएको छ। बुटवल उपमहानगरपालिका अन्तर्गत वार्ड नम्बर १३ बेलबासमा कार्यालय रहेको यस सहकारीको स्थापना २०६८ मा भएको थियो। यस सहकारीको वार्षिक साधारण सभा तथा अधिवेशन भाद्र २४ गते अर्घाखाँची पार्टी प्यालेस बेलबासमा सम्पन्न भयो।

उक्त कार्यक्रम संस्थाका अध्यक्ष नारायाण प्रासाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न गरियो जसमा स्थानिय जनप्रतिनिधि, विभिन्न सहकारी का प्रतिनिधि, समाजसेवी, भद्र व्यक्तित्व, नगर का सहकारी विभाग प्रमुख गुणाखर खनाल तथा सहकारीका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो। कार्यक्रम संचालन संस्थाका सचिव संजय लम्साल द्वारा गरिएको थियो भने कार्यक्रमको सुरुवात पानसमा बत्ति बालेर प्रमुख अतिथि, संस्थाका अध्यक्ष लगायत बाट गरिएको थियो।

कार्यक्रममा स्वागत मन्त्यव्य संस्थाका उपाध्यक्ष सुदन ज्ञवाली ले राख्नु भएको थियो भने संचालक समितिका तर्फ बाट सहकारीको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष नारायण प्रसाद श्रेष्ठ ले पेश गर्नु भएको थियो। यस संगै सचिवको प्रतिवेदन संजय लम्साल, कोषाध्यक्ष को प्रतिवेदन दिर्घनारायण पंगेनी र लेखा समितिको प्रतिवेदन विश्वराज गौतम ले पेश गर्नु भएको थियो। यस कार्यक्रममा सम्पुर्ण पुरानो समिति बिघटन गरि नयाँ समिति चयन गरिएको थियो। नयाँ समितिको चयन सर्वसम्मत बाट भएको जानकारी संस्थाका अध्यक्ष श्रेठ ले दिनुभयो।

सहकारीको वार्षिक प्रतिवेदन पेश गरिसकेपछि पुरानो समिति बिघटन गरी नयाँ समिति चयन गर्नको लागि निर्वाचन समिति तयार गरिएको थियो जसमा विश्वराज गौतम ज्यु को संयोजकत्वमा ३ जनाको निर्वाचन समिति बनाइएको थियो। निर्वाचन कार्यतालिका, निर्वाचन प्रणालि र पद्धति प्रचलित कानुन बमोजिम गरिको जानकारी निर्वाचन समिति संयोजक गौतमले जानकारी दिनु भयो। यस दौरान एकै पदमा दुई वा सो भन्दा बढि आवेदन आएपनि अन्त्यमा सबै पदमा सर्वसम्मत भई समीती चयन भएको थियो। नयाँ समितिको अध्यक्षमा नारायण प्रसाद श्रेष्ठ दोस्रो कार्यकालको लागि सर्वसम्मत भयो। नयाँ कार्यसमितिमा: अध्यक्ष – नारायण प्रसाद श्रेष्ठ, उपाध्यक्ष – सुदन ज्ञवाली, सचिव- संजय लम्साल, कोषाध्यक्ष- राम प्रसाद खनाल, सदस्यहरु-श्रद्धा रिजाल, सुमन लम्साल, गुणानिधि कंडेल, फर्सुराम खनाल तथा शान्ता खनाल चयन भएको र लेखा संयोजक- दिर्घनारायाण पंगेनी सदस्यहरु किशोर वाग्ले तथा रमा ढकाल निर्वाचित भएको निर्वाचन समितिका संयोजक गौतम ले घोषणा गर्नु भएको थियो।

कार्यक्रमको अन्त्यमा संस्थापक अध्यक्षले नव निर्वाचित समिति लाई खादा तथा टिका लगाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो भने संस्थाका अध्यक्ष श्रेष्ठ ले पुरानो समिति तथा सम्पुर्ण शेयर सदस्यलाई धन्यवाद दिदै आगामी समयमा संस्थाको गरिमामय अझै बढाउदै जाने प्रतिबद्धता जनाउदै निर्वाचित सदस्य बाहेक विभिन्न उपसमीतीहरुको चयन पनि छिटै गर्ने र संस्थालाई तिव्र गतिमा विस्तार गरिने जानकारी दिनुभएको थियो।
