४८३९ जनालाई स्वास्थ्य सेवा |खबर बुटवल

बीबी श्रेष्ठ । तनहुँ

शिविरको छैटौ दिनसम्म आईपुग्दा म्याग्दे गाँउपालिकाले आयोजना गरेको घुम्ति शिविरमा ४८३९ जना जनताले स्वास्थ्य सेवा लिएका छन् । वडा नं १ को मान्ह्रौ वाट शुरु भएको घुम्ति शिविरको सातौ दिनसम्म आईपुग्दा स्वास्थ्य सेवा अन्र्तगतका सेवा लिएका हुन् ।
स्वास्थ्य सेवा अन्र्तगतको ओपीडि सेवामा स्वास्थ्य परिक्षण १५५८ जनाले सेवा लिएका छन् भने उच्च रक्तचाप २४१ जना, सिओपिडी ७३ जना, मधुमेह १०१ जना विरामीले सेवा लिएका छन् । यसैगरि प्रयोगशाला सेवा अन्र्तगत १४४१ जनाले सुगर परिक्षण गरेका छन् । क्षयरोगको परिक्षण ५१ जना, औलोरोग परिक्षण ९ जना गरि १४७१ जनाले सेवा लिएका छन् ।

स्वास्थ्य सेवा को लाभ लिदै

पाठेघर परिक्षण र प.नि. सेवा अन्र्तगत ६१६ जनाले सेवा लिएका छन् भने भिएल परिक्षण गर्दा २० जनामा पोजेटिभ देखिएको छ । यसैगरि ५९६ जनामा भिएल ए नेगेटिभ देखिएका छन् । यसैगरि १०९ जनाले अन्य सेवा लिएका छन् । रिङ्ग प्रेसरी सेवा १५ जनाले लिएका छन् भने एफ पि टोटल २७ जनाले लिएका छन् ।
यसैगरि शिविरमा कोभिडको खोप लिने ४६७ जना रहेका छन् । आयुर्वेद सेवा ६३१ जनाले लिएका छन् भने वालस्वास्थ्य सेवा ५४ जनाले लिएका छन् । स्वास्थ्य परिक्षण मध्ये मधुमेहको १०१ जना र भिएल ए पोजेटिभका २० जनालाई सम्वन्धित अस्पतालमा रिफर गरिएको स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले वताउनुभयो । ६१२ जना कृषक लाभान्वित, २६ वटा पशुको वन्ध्याकरण
शिविरवाट कोभिड १९ बिरुद्धको खोप सेवा, कृषि सेवा, पशु सेवा, महिला विकास अन्तर्गत जेष्ठ नागरिक र अपाङ्ग परिचय पत्र वितरण, योजना सम्झौता, पञ्जिकरण र स्वास्थ्य सेवा तर्फ बहिरङ्ग सेवा जसमा विरामीहरुको स्वास्थ्य परिक्षण, उपचार तथा औषधि वितरण, प्रयोगशाला सेवा जसमा रगतमा ग्लुकोज परिक्षण, महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परिक्षण, आयुर्वेद स्वास्थ्य सेवाहरु दिईएको पालिकाका कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
घुम्ति शिविरमा पालिकाका अध्यक्ष, उपाध्यक्ष कार्यकारी अधिकृत, वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुको सहभागिता रहेको थियो । यहि असोज २ गते देखि शुरु भएको घुम्ति शिविर असोज ३१ गतेसम्म चल्ने पालिकाले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.