कार्तिक, ८ ।नवलपरासी(पूर्व)
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले सडेगलेका माछा नष्ट गरेको छ। मिती २०७९।०७।०७ गते करिब १८:४५ बजेको समयमा जि.न.प.(पूर्व) कावासोती नगरपालिका- ८, वन कार्यालय नजिकै, पूर्व-पश्चिम राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी(पूर्व)बाट प्र.स.नि.बाबुराम नेपालीको कमाण्डमा खटिएको चेकिङ टोलीले पश्चिम (रुपन्देही को छपिया) बाट पूर्व (काठमाण्डौ) तर्फ जादै गरेको लु २ च ६९०३ नं.को बोलेरो पिकअपमा ल्याउदै गरेको माछा बरामद गरेको थियो।

अन्दाजी २० क्विन्टल (लगभग रु. ४,७५,०००/- बराबरको) सडेगलेको माछा बरामद गरी उक्त बलेरो तथा सोहि सवारी साधनका चालकलाई नियन्त्रणमा लिई अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयमा मा राखिएको थियो।

अनुसन्धान पश्चात मिती २०७९।०७।०८ गते करिब १३:२० बजेको समयमा बरामद गरेको माछा सोहि जिल्लाका माछा व्यवसायी संघ नवलपुर, भेटेनेरी प्राविधिक (डाक्टर), जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा जन प्रतिनिधि सहितको उपस्थितिमा कावासोती न.पा.३ अन्तर्गत नगरपालीकाको डम्पिङसाईडमा खाल्डो खनि पुरेर नष्ट गरिएको जानकारी जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व), कावासोतीका प्रहरी नायब उपरीक्षक (DySP) सन्तोष पाठक ले जानकारी गराए।

