कार्तिक १३ ।बुटवल
मिती २०७९।०७।१३ गते अन्दाजी बिहान ४.०० बजेको समयमा जिल्ला नवलपरासी (पूर्व) बुलिङटार गा.पा. २ मथार स्थित कालिगण्डकी करिडोर सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ना ६ ख ७५८० नं.को बस (पाल्पा हुगी देखी मनकामना दर्शनको लागी) आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १०० मि.तल खसेको छ। बसमा कुल ३५ जना सवार रहेका थिए। घटनास्थलमा ई.प्र.का.डेढगाउ न.प.(पूर्व)बाट प्र.नि.जयराम वन्तको कमाण्डमा १० जना र प्र.चौ.बुलीङटार न.प.(पूर्व) बाट प्र.स.नि.विक्रम कुमालको कमाण्डमा ६ जनाको गरि कुल १६ जनाको प्रहरी टोलि खटिएको छ। सवारी चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।

३५ जना सवार मध्य ३० जना घाइतेलाई उपचारको लागि भरतपुर तर्फ पठाएको,५ जनाको घटनास्थलमा मृत्यु भएको छ। मृतकहरुः जिल्ला पाल्पा रम्भा गा.पा.१ बस्ने वर्ष ४१ को तारा बि.क. । ऐ.ऐ.बस्ने वर्ष १७ को बिनय बि.क.। ऐ.ऐ. बस्ने वर्ष ६२ की धनि बि.क. । ऐ.ऐ. बस्ने वर्ष ५८ की देवी गाहा । जिल्ला स्याङजा गल्याङ न.पा.९ बेलचौर बस्ने वर्ष ४५ की फुलमाया माझी । घाइतेहरु मध्ये बस चालक, जिल्ला पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९को दिल कु.श्रेष्ट, बस सहचालक ऐ.ऐ. ४ बेझाड बस्ने वर्ष २४ को साजन श्रेष्ट । बसमा सवार रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार, ऐ. बस्ने वर्ष १० को कृष्ण केवट, ऐ.१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम, ऐ.ऐ.बस्ने वर्ष २०को राम ब.बि.क.टाउकोमा चोट गम्भिर, ऐ.१ बस्ने वर्ष २१ को रिता बि.क, ऐ.ऐ,बस्ने वर्ष २५ को कासीराम बि.क. ऐ.ऐ बस्ने वर्ष २० को बिशाल बि.क. ऐ,ऐ बस्ने वर्ष १ की आइसा बि.क, ऐ.ऐ बस्ने वर्ष १६ को अविनाश बि.क, ऐ.१ बस्ने वर्ष ७की पुष्पा बि.क.ढाड र टाउकोमा चोट मध्यम, ऐ.ऐ बस्ने वर्ष ४७ को मेघनाथ बि.क.मुखमा चोट मध्यम, जिल्ला स्याङजा बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना आखामाचोट मध्यम, ऐ.ऐ बस्ने वर्ष ३ को रविन राना,सामान्य चोट, जिल्ला पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क, ऐ.रम्भा गा.पा. १ बस्ने वर्ष १५ की रिमा बि.क. अवस्था गम्भिर । ऐ. १ बस्ने वर्ष ३२ की सन्जु सुनार, ऐ. बस्ने वर्ष ३८ को प्रेम ब.सुनार, ऐ.बस्ने वर्ष २० को आषिश सुनार, ऐ. बस्ने वर्ष २० को बिजय बि.क, ऐ.बस्ने वर्ष ३६ की माया बि.क. । जिल्ला स्याङजा गल्याङ ८ बस्ने वर्ष ३५ को मनोज कुमार बि.क. ऐ.९ बस्ने वर्ष ३० की सरिता माझी मुखमा ढाडमा चोट,मध्यम ,। ऐ. ८ बस्ने वर्ष ३० की उमा कुमारी बि.क.ढाडमा चोट मध्यम । ऐ.९ बस्ने वर्ष ३१ को रामु राना गम्भिर । जिल्ला पाल्पा रम्भा गा.पा. १ बस्ने वर्ष १२ की अस्मिता सुनार ढाड र खुट्टामा चोट मध्यम । ऐ.ऐ बस्ने वर्ष ४७ को ओम ब.बि.क.खुट्टामा चोट सामान्य। ऐ,ऐ बस्ने वर्ष ४५ की सेती बि.क. । ऐ.ऐ बस्ने वर्ष ४८ को शिव कुमारी बि.क.ढाडमा चोट,मध्यम रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले खबर बुटवल लाई जानकारी दिए।
