कार्तिक १६ |बुटवल
अर्घाखाँची खनदह रुपन्देही सम्पर्क समाजले नेपालीहरुको महान पर्व तिहार “हरीबोधनी एकादशी ” को अबसरमा नेपाली समुदायको मौलिक, संस्कृती र परम्पराको जर्गेना गर्ने उद्देश्यले मौलिक संस्कृती र परम्परा झल्किने खालको नेपालीपन बोकेको देउसी भैलो कार्यक्रम संचालन गर्ने भएको हो । नेपाली मौलिक, संस्कृती र परम्परालाई जोगाई राख्ने उद्देश्यका साथ देउसी भैलो कार्यक्रमको आयोजना गर्न लागिएको अर्घाखाँची खनदह रुपन्देही सम्पर्क समाजका संस्थापक अध्यक्ष सूर्य खनालले जानकारी दिनुभयो । यही कार्तिक १८ गते शुक्रवार हरीबोधनी एकादशीको दिन बेलुका ६ बजे बुटवल-११ देविनगर स्थित धौलागिरी पथ र बेलुका ८ः३० बजे बुटवल-१३ बेलवास चोकमा सन्चालन गरिने देउसी भैलो कार्यक्रमको अबलोकनका लागि अर्घाखाँची खनदह रुपन्देही सम्पर्क समाजले सम्पूर्णलाई आहृवान समेत गरेको छ ।
Post Views: 390
