कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय भई फरार प्रतिवादी १२ वर्ष पछि पक्राउ ।खबर बुटवल

कार्तिक २०। ज्योति पौडेल

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले कर्तव्य गरि मारेको कर्तव्य ज्यान मुद्धामा वारदात समयदेखि फरार रहेका प्रतिवादी लाई पक्राउ गरेको छ। मिति २०६७।१०। २५ गते अन्दाजी १५:०० बजे जिल्ला अर्घाखाँची साविक धनचौर-९ को प्यारे भन्ने स्थानमा बस्ने वर्ष ४० का दधिराम भुसाललाई खड्ग बहादुर बुढाथोकी समतका ९ जनाले कर्तव्य गरि मारेको र सो समय देखि फरार रहेका थिए।

वारदात समयदेखि फरार रही सम्मानित अर्घाखाँची जिल्ला अदालतको लागत न. ४२८ मिति २०७५।०३।०३ गतेको फैसला बमोजिम २० वर्ष कैद सजाय भई फरार रहेका साविक धनचौर-९ हाल भुमिकास्थान न पा-१० ठेगाना रहेका वर्ष ३४ का शिव बहादुर बुढा लाई कपिवस्तु जिल्लाको सिमानामा लुकिछिपी बसेको सुचनाका अधारमा पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यलालय अर्घाखाँची बाट प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेको कमाण्डमा खटिएको प्रहरी टोलीले २०७९।०७।२० गते अर्घाखाँची र कपिलवस्तुको सिमाना बाट पक्राउ गरि कैद भुक्तानको लागि सम्मानित अर्घाखाँची जिल्ला अदालत समक्ष पेश गरिएको छ।

पक्राउ परेका प्रतिवादी
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.