फाल्गुन १२ ।बुटवल
स्थानिय निकाय तथा स्थानिय व्यक्तिहरुको सहयोग एवं सहकार्यबाट ईप्रका दुम्कीबास कार्यालयको परिसरमा नव निर्मित दुर्गा मन्दिरको समुद्धघाटन सम्पन्न भएको छ। फाल्गुन १२ गते बिहान प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब सु पू ) कार्यालय प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारी द्वारा उक्त मन्दिरको समुद्धघाटन गरिएको हो।

उक्त कार्यक्रममा विनयी त्रिबेणी गाउँपालीकाका अध्यक्ष घनश्याम गिरी, उपाध्यक्ष भगवती बैदवार क्षेत्री लगायत विनयी त्रिबेणी गा.पा.अन्तर्गतका जन प्रतिनिधी,बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी, राजनैतिक दलका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी, पत्रकार, स्थानिय समाजसेबी लगायतको उपस्थिति रहेको थियो। सो दुर्गा मन्दिर करिब ९, ६०, ०००/- (नौ लाख साट्ठी हजार) लागतमा सम्पन्न भएको जानकारी ईलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्र नि. राम नारायण गुप्ता ले जानकारी दिए।

करिब १० महिनाको कार्यकालमा विविन्न क्रियाकलाप (गैर कानूनी गतिविधि निर्मुल पार्ने गतिविधि) मा सफलता हासिल गरेका र स्थानिय संगको सुमुधुर सम्बन्धका कारण निकै लोक प्रिय समेत बनेका छन् प्र.नि. गुप्ता। साथै विभागबाट पुरस्कृत समेत भैसकेका गुप्ताले कार्यालय परिसर भित्र पनि व्यवसायीक सुधार संगै भौतिक सुधार समेत गरेको उनका सहकर्मीहरुको भनाई छ। कार्यालयमा मन्दिर निर्माण बराबर बजेटको अभाव हुदा पनि दुम्कीबास क्षेत्रका स्थानीय निकाय, भद्र भलाद्मी, जनप्रतिनिधि, व्यवसायी, स्थानिय दाता, विभिन्न समूह, संघ संस्था संगको सहकार्य तथा छलफल गरेर मन्दिर निर्माण गर्ने सुझावलाई मध्यनजर राखी दाता हरुबाट सहयोग लिदै नौ लाख साट्ठी हजार लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भई उद्घाटन सम्भव भएको प्र. नि. गुप्ता बताउछन।

