रामनवमिकाे अवसर पारेर भरतपुर महानगरपालिका-११, भोजाड चितवनमा रहेको कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा महायज्ञ हुने भएको छ। यही चैत्र ८ गतेदेखि १६ गतेसम्म श्रीमद्देवीभावत् नवाह भक्तिज्ञान महायज्ञ हुन लागेको हो । उक्त महायज्ञकाे भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालकाे प्रमुख आतिथ्यतामा उदघाटन हुने भएकाे हो।
महायज्ञ संयोजक श्रीधर लामिछानेले महायज्ञबाट उठेको रकमले मन्दिर परिसरभित्र १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रको विकास र विस्तार गर्ने उद्देश्य रहेको जानकारी दिए ।कमलादेवी मन्दिर ऐतिहासिक महत्वको पर्यावरणीय प्राकृतिक र धार्मिक क्षेत्र मानिने यस क्षेत्रकाे महायज्ञमा आचार्य पण्डित बुद्दिसागर भन्डारी ‘मृदुल` प्रमुख वाचकका रुपमा रहने छन ।
Post Views: 656
