नेपाल प्रहरी प्रमुख (IGP) मा अर्घाखाँचीका बसन्त बहादुर कुँवर नियुक्त

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरी प्रमुखमा बसन्त बहादुर कुँवर लाई नियुक्त गरेको छ। यसै हप्ता बुधबार मात्रै कुँवर संगै अन्य चार जना DIG ले AIGP को फुलि लगाएका थिए। टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञावली र किरन बज्राचार्य बढुवा भएका थिए। वर्तमान आईजिपी धिरज प्रताप सिंह चैत्र ११ मा ३० वर्षे सेवा अवधीको व्यवस्था अनुरुप अनिवार्य अवकाश मा जाँदै छन।

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.