रम्भादेवी कलेजको बसले ठक्कर दिदा बाबुराम अर्याल गम्भीर घाइते

सैनामैना नगरपालिका वडा नम्बर -१ सुन्दर पथ (बनकट्टा) भित्री सडक खण्ड मा दुर्घटना भएको छ। २०८० बैशाख ६ गते अन्दाजी बिहान १० बजेको समयमा रम्भादेवी कलेजको बसले साइकल यात्री अन्दाजी वर्ष ७५ का बाबुराम अर्याल लाई ठक्कर दिदा साइकल यात्री गम्भीर गाइते भएका हुन। उत्तर देखि दक्षिण तर्फ जाँदै गरेको लु १ क १३८५ नम्बर को बस रहेको र उक्त बसका चालक जिल्ला कास्की अर्मला गापा-४ का प्रदिप गुरुङ रहेका छन। घाइते अर्याल को टाउको र खुट्टामा चोट लागेको र उपचारका लागि चौराहा अस्पताल लगेको साथै बस चालक र सवारी साधन लाई प्रहरी ले नियन्त्रणमा लिएको , घाइतेको उपचारको लागि चौराहा अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछाने ले जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.