इजरायलमा हमासको आक्रमणबाट १० नेपालीको मृत्यु

काठमाडौँ – इजरायलमा प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

आक्रमणमा परी घाइते भएका केहीको अस्पतालमा उपचार भइरहेको छ भने केही अझै सम्पर्कविहीन रहेको बताइएको छ । परराष्ट्र स्रोतका अनुसार मृत्यु भएकाहरुको शव संकलनका लागि पहल भइरहेको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले इजरायलमा रहेका नेपालीको वास्तविक अवस्था सार्वजनिक गर्न सरकारसँग माग समेत गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.