आफ्नो बचाउमा तिम्ले उसलाई सधै ढाल बनाईरह्यौ,
तर बिडम्बना, तिमीलेनै उसलाई निलम्बनको तक्मा उपहार दिलाईदियौ !
हिजोपनी तिमिले उसलाई उसरिनै छल गर्यौ जसरी आज पनि गर्यौ,
उ बिचरा निरीह सधै तिम्रो बचाउमा ढाल बनिरह्यो !
सिलसिलेवार शक्ति प्रदशनको दफा उपदफाको रटान रटाईदियौ,
त्यही रटिएको रटानलाई लागु गर्दा आज फेरि तिमिले पुन: फसाईदियौ !
कारण तिमी, दोषी उ कस्तो चस्मा बनाईदियौ । उसको हातलाई रातै रङ्गाई आफू चाहिँ रमाईरह्यौ !! सागर
Post Views: 885
