प्र.नि. होम प्रकाशको टोलि द्वारा ५८ वर्षीय चाकुरी देवी पक्राउ

प्र नि होम प्रकाश चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलिले फरार प्रतिवादी घटना घटाएको करीब १७ वर्ष पछि पक्राउ गरेको छ। २०६३ साल जेठ १३ गते अन्दाजी रातिको २:३० बजेको समयमा आफ्नै सौता सिला देवी रोकायाको नाबालक (११ वर्षको) छोरा राजन रोकाया लाई धारीलो हतियार प्रहार गरि कर्तव्य घटना गरि सोहि मिति देखि फरार रहेका थिए। घटनामा सलंग्न कंचनपुर जिल्लाको साविक दोधारा गाविस ८ हाल दोधारा चाँदनी नगरपालिका-१० बस्ने रबिन रोकाया, पदम बहादुर रोकाया र चाकु देवी रोकाया तिनै जना फरार रहेका थिए।

जिल्ला अदालत कंचनपुर द्वारा पक्राउ पुर्जी जारी गरि निज प्रतिवादी हरुको खोजतलास निरन्तर रहेको थियो। प्रहरी टोलि द्वारा पटक पटक खोजतलास गर्दा पनि फेला नपरेपछि ईलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रमुख ईन्स्पेक्टर होम प्रकाश चौधरीको कमाण्डमा खटिएको टोलीले घर ठेगानामा खोज तलासी गर्दा प्रतिवादीहरु मध्येका दोधारा चाँदनी १० बस्ने ५८ वर्षीय चाकु देवी रोकाया लाई फेला पारी पक्राउ गरी दाखीला गरेको ई प्र का दोधारा चाँदनीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.