तेह्रौ पटकको प्रयासमा प्रहरी अधिकृत (ईन्स्पेक्टर) हुन सफल

नेपाल प्रहरी प्रधान कार्यालयले वि.स.२०८१ असार ९ गते आइतबार जनपद तर्फको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) को अन्तिम नतिजा सार्वजनिक गरेको छ। सो नतिजा अनुसार कुल ९६ जनाले ईन्स्पेक्टर पदमा नाम निकाल्न सफल भएका हुन्। यी ९६ जना मा पचपन्नौ नम्बर मा नाम छ उपेन्द्र तिमिल्सैना। भनिन्छ संघर्ष नै सफलताको चाबी हो भनेर त्यो कथन लाई साकार पारेका छन् जिल्ला अछामका युवा उपेन्द्र तिमिल्सैनाले। बुबा जन्मजय तिमिल्सैना र आमा कमला तिमिल्सैना को कोखबाट जन्मिएका उपेन्द्र पंचदेवल विनायक नगरपालिका वडा नम्बर ३ विनायक, अछामका स्थायी बासिन्दा हुन्।

प्रारम्भिक आधारभूत शिक्षा गाउँ मै सकाएका उपेन्द्रले माध्यामिक तहको शिक्षा भने कैलालीको टिकापुर बाट सकाएका थिए। उनले कक्षा ६ सम्म श्री विद्या मन्दिर नमुना मा वि विनायक अछाम, कक्षा ८ सम्म श्री दीपशिखा इङ्ग्लिश बोर्डिंग स्कुल मंगलसेन अछाम बाट गरेका थिए भने कक्षा ९ र १० श्री पशुपति एकेडेमी मा वि टिकापुर, कैलाली बाट उत्तिर्ण गरेका हुन्। उनले २०६३ सालमा SLC उत्तीर्ण गरेका थिए। श्री विरेन्द्र विद्या मन्दिर उ मा वि टिकापुर कैलाली बाट प्रमाणपत्र तह(+2), रत्न राज्य लक्ष्मी क्याम्पस, काठमाण्डौ बाट २०७२ मा स्नातक र TU प्राइभेट बाट २०७५ सालमामा स्नातकोत्तर गरेका थिए।

वि स २०६६ सालमा प्रहरी जवान बाट यात्रा सुरु गरेका उपेन्द्रको पहिलो पोस्टिङ्ग महानगरीय प्रहरी पहरा गण त्रिपुरेश्वर काठमाण्डौ बाट सुरुवात गरेका थिए। उनले विभिन्न जिल्ला का १४ वटा इकाईमा बसी काम गरेका छन्। हाल उनि प्रहरी निरीक्षक को रुपमा सिफारिस हुदा नेपाल प्रहरी पहरा गण सामाखुशी काठमाण्डौ मा कार्यरत छन्।

पहिलो पटक वि स २०६६ सालमा प्रहरी जवानमा सफल भई सेवा प्रारम्भ गरेका तिमिल्सैना लाई केहि वर्ष धेरै असफलताको सामाना गर्न परेको थियो। तर धेरै असफलताका बाबजुत उनि आफ्नो कर्ममा निरन्तर लागि रहे। दोस्रो पटक वि स २०६७ सालमा खरिदारमा प्रथम पत्र सफल तर द्वितीय र तृतीय पत्रमा असफल। तेस्रो पटक वि स २०६८ साल खरिदार असफल। चौथो पटक वि स २०६९ प्रहरी सहायक निरीक्षक (असई) असफल। पाचौं पटक वि स २०७० सालमा ना.सु. असफल। छैटौं पटक वि स २०७१ सालमा प्रहरी सहायक निरीक्षक (असई) असफल। सातौँ पटक वि स २०७१ सालमा ना.सु. प्रथम पत्र सफल तर अन्य पत्रमा असफल। आठौँ पटक वि स २०७३ सालमा शाखा अधिकृत प्रथम पत्र सफल,अन्य पत्र असफल। नवौं पटक वि स २०७४ सालमा प्रहरी सहायक निरीक्षक (असई) सफल। दशौँ पटक वि स २०७६ सालमा शाखा अधिकृत प्रथम पत्र सफल, अन्य पत्र असफल। एघारौँ पटक वि स २०७७ सालमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) असफल। बाह्रौँ पटक वि स २०७९ मा प्रहरी निरीक्षक (ईन्स्पेक्टार) सफल तर वैकल्पिक सुचीमा परेको। तेह्रौं पटक वि स २०८१ सालमा भने प्रहरी निरीक्षक (ईन्स्पेक्टर) सफल भई नियुक्तिको लागि सिफारिस भएको निकै लामो यात्रा रहेको छ प्र नि उपेन्द्र तिमिल्सैना को।

प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैना ले कपिल जंग रावल को सहकार्यमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई ) परीक्षा लक्षित पुस्तक समेत बजारमा ल्याएका छन् जुन पाठक माझ निकै लोकप्रीय समेत भएका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.