वडा प्रहरी कार्यालय नेपालगंज, बाँकेलाई Best Police Unit of the Month को पुरस्कार

जिल्ला प्रहरी कार्यालय बाँकेले मातहतको ईकाई वडा प्रहरी कार्यालय नेपालगंज, बाँकेलाई असार महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE UNIT OF THE MONTH) को पुरस्कार द्वारा पुरस्कृत गरेको छ। जिप्रका बाँके मातहत प्रहरी ईकाइहरुलाई क्षमता सम्पन्न र प्रतिस्पर्धी बनाई समजामा नागरिकको जिउ धनको सुरक्षा गर्ने र अपराध नियन्त्रण गर्ने तथा अनुसन्धान गर्ने प्रहरीको उद्धेश्य प्राप्तिमा जोड दिन सुरुवात गरिएको प्रयास अनुरुप निर्धारित मापदण्दहरु उल्लेखनीय रुपमा पुरा गर्न सफल देखिएकोले उक्त पुरस्कार वडा प्रहरी कार्यालय नेपालगंज, बाँके लाई प्रदान गरिएको हो। सो कार्यालयको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक हरि बहादुर बि सी रहेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.