लागू औषध कारोबार गर्ने प्रति लागू औषध ब्यूरो र प्रहरी आक्रामक बनेको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाको सक्रियता र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा ठूलो परिमाणमा लागू औषध ब्राउन सुगर १७५ ग्राम सहित एक व्यक्ति लाई पक्राउ गरेको हो। निरन्तर दुई दिनसम्मको सक्रिय निगरानी र अनुसन्धानले उक्त लागू औषध कारोबारी पक्राउ परेका हुन्।
मिति २०८१ असोज १४ गते अन्दाजी २१:३० बजेको समयमा भारतीय नागरिक शिव गुप्ता पक्राउ परेका हुन् । रुपन्देही जिल्लाको बेलहियामा भारतबाट लागू औषध बेच्ने गिरोह आउदै छ भन्ने सुचना पाएपछि लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा बाट खटिएको प्रहरी टोलिले निगरानी बढाएको थियो।
उल्लेखित मिति समयमा भारतबाट नेपाल तर्फ आउदै गरेको UP 53 EP 2733 नम्बरको MG Hector गाडिमा सवार चालक भारतको उत्तर प्रदेश राज्यको गोरखपुर जिल्ला बस्ने २४ वर्षका शिव गुप्ताको गाडि र शरीर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो। उनले गाडिको पछाडि पट्टिको सिट मुनि कालो प्लास्टिक भित्र दुइ वटा गोलाकारमा सेतो प्लास्टिकमा बेरेर राखेको पाइएको थियो। उक्त ब्राउन सुगरको तौल गर्दा १७५ ग्राम रहेको थियो।
लागू औषध ब्यूरो शाखा कार्यालय भैरहवाका प्रमुख प्र.ना.नि. सागर भट्टराई र जिल्ला प्रहरी कार्यालय रुपन्देही का SOCO जिम्मेवारीमा रहेका प्रहरी सहायक निरिक्षक परेमेश्वर यादव को सयुंक्त टोलिले आवश्यक मुचुल्का सहित पक्राउ परेका शिव गुप्ता, उनको मुबाइल ३ थान र गाडि लाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाएको छ। उक्त मिशनका लागि लागू औषध ब्युरो शाखा कार्यालय प्रमुख प्रनानि सागर भट्टराई, प्रसनि परमेश्वर यादव(soco ), प्रसह ज्ञानेन्द्र भुसाल, प्रसह परमानन्द वर्मा, प्रज ईन्द्र बहादुर सतुरंगी र प्रज शंकर बस्नेत खटिएका थिए।

बिगत करिब २ महिना देखि लागू औषध ब्युरो शाखा कार्यालयको प्रमुखको रुपमा प्रहरी नायव निरीक्षक सागर भट्टराई रहेका छन्। सो शाखा कार्यालयले ६ जिल्लाको लागु औषध सम्बन्धि विषय हेर्ने गरेको छ जसमा रुपन्देही, नवलपरासी, कपिलवस्तु , गुल्मी, अर्घाखाँची र पाल्पा रहेका छन्। हालै असोज महिनामा मात्र लागू औषध ब्यूरो र प्रहरीको सयुंक्त टोलीले निम्न व्यक्तिलाई लागू औषध सहित पक्राउ गरेको छ:
- मिति २०८१ असोज १४ गते रुपन्देही को बेलहिया बाट भारतीय नागरिक शिव गुप्ता १७५ ग्राम ब्राउन सुगर सहित(उल्लेखित समाचार विवरण मा भएको)
- मिति २०८१ असोज १३ गते रुपन्देही को सुद्धोधन गा पा ०६ बाट कपिलवस्तुका ३४ वर्षीय नागराज सिंह क्षेत्रीलाई ५० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको
- मिति २०८१ असोज ०९ गते रुपन्देही को सी न पा -११ बाट अन्दाजी ४५ वर्षीय चुलाही जैसवाल लाई १०. ५०० ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको
- मिति २०८१ असोज ०३ गते रुपन्देही को बु उ म न पा -२ बाट अन्दाजी २४ वर्षीय अजय सुनारलाई ४ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको
- मिति २०८१ असोज ०१ गते रुपन्देही को सि न पा -४ बाट रुपन्देही कोटहिमाई गा पा २ बस्ने वर्ष २२ का रामकरण हरिजन लाई पक्राउ गरेको , उनको साथबाट लाग्फु औषध डाइजेपाम ५०० एम्पुल, फेनेरागन ५०० एम्पुल, टालजेसिक ५०० एम्पुल गरि जम्मा १५०० एम्पुल बरामद गरेको थियो
- मिति २०८१ भाद्र ३१ गते रुपन्देही सिनापा ८ बाट शैलेश कुमार सहानी सहित उनको साथबाट ३०० एम्पुल र एक ग्राम ब्राउन सुगर सहित पक्राउ
- मिति २०८१ भाद्र ३० गते बु उ म न पा ०२ बाट बुद्ध लक्ष्मी शाही खड्की सहित हिना शाही खड्की र लक्ष्मी ठकुरी लाई २९ किलो गाँजा सहित पक्राउ
- मिति २०८१ साउन १५ गते बुटवल उमनपा ११ स्थित मैनाबगरमा १० किलो जति गाँजा सहित बुद्धी बहादुर शाही लाई पक्राउ गरेको थियो।
स्रोतका अनुसार लागु औषध कारोबार , प्रयोगकर्ता र वितरक लाई निरुत्साहित गर्ने उद्देश्यले लागू औषध ब्यूरो र प्रहरी आक्रामक भएको र यसलाई निरन्तरता दिने जनाइएको छ। खुल्ला सिमा नाका भएको हुनाले तराईका जिल्लामा अलि बढी लागू औषधका क्रियाकलाप हुने गरेको छ। यसमा कडाईका साथ् अगाडि बढ्ने स्रोतको दावी छ।
