प्रकाश भुसाल। कालिकानगर बुटवल-११, जब हामी कुनै व्यक्तिलाई विशेष गरी नेतृत्वमा राख्छौं , उनीहरूको नेतृत्व क्षमताको मूल्यांकन गर्न आवश्यक हुन्छ। यहाँका नेताहरूले समाजमा उत्पादन र रोजगार सिर्जना गर्ने पेसा र व्यवसायसँग कुनै अनुभव नभएमा, तिनीहरूको क्षमता र दृष्टिकोणमा पनि समस्या हुनसक्छ। विशेष गरी जब तिनीहरूले आफ्नै व्यक्तिगत लाभको लागि कार्य गर्दैछन्, जस्तै आफ्नी पत्नीको भित्री वस्त्रको लागि पनि राज्यको दोहन गर्न पछि पर्दैनन्।
देशमा राजनितीक अस्तव्यस्तता चुलिएको बर्षौँ बितिसकेको छ । करिब २००७ साल देखिकै सेरोफेरोमा राजनीतिक व्यवस्था सुरुवात भएको बेलादेखि नै प्रजातन्त्र, पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्थाको पुनर्बहाली र पछिल्लोपटक दशौँहजार जनताको बलिदानी पश्चात् प्राप्त गणतन्त्रसम्म आईपुग्दाको नेपाली राजनीतिक अभ्यासलाइ हेर्ने हो भने राजनीतिको व्यवसाय गर्ने थलो बनेको,छ नेपाल । कथित राजनीति लाई पेसा र ब्यबसाय बनाएका नेताहरुमा सामान्य नैतिकता समेत लोप भईसकेको कुरा कथित राजनितिककर्मिहरु कै बिधी र व्यबहारबाट उजागर भईसकेको छ । सामान्य अर्थमा बुझ्ने हो भने राजनीति एउटा पेशा नभएर निस्वार्थ समाजसेवा हो जसलाई माध्यम बनाएर आफुले अगालेको चिन्तनलाई परिश्कृत गर्दै देश र जनताको हित र समग्र देशको विकासमा सामेल हुन सकिने सबैभन्दा सम्मानित स्थान हो राजनितिक थलो । जसलाई युगयुगसम्म इतिहासले कदर गर्न सकोस ।
सफल राजनितिज्ञमा हुनुपर्ने आधारभुत विद्दता, दक्षता अनि ईमानदारिता र नैतिकताको खडेरी छ कथित राजनेताहरुमा । साझा हित र जनकल्याण भन्दा पनि कुनै भिडको मात्रै नेता बन्ने अत्यन्तै संकिण चिन्तन त नेपाली नेताहरुको सबैभन्दा नराम्रो रोग बनेको छ । यसअर्थमा भन्ने हो भने एकाध बाहेक हालसम्म नेपाली राजनितीको केन्द्रमा रहेका कुनैपनि राजनितिक खेलाडीहरुमा स्वच्छ चिन्तन र नैतिकताको अभाव देखिन्छ । राजनितीलाई त्याग र सेवाको माध्यमको रुपमा नलिई विभिन्न तवर र कृपाबाट प्राप्त सत्ता र शक्तिलाई निजि शान र हैकम जमाउने थलोको रुपमा लिने नेताहरू जनताको आखाँमा कसरी सफल बन्नेछन् । झनै हालको नेपाली राजनितीलाई हेर्दा नेता भनौदाहरुको चरम अकर्मण्यता, गैरजिम्मेवारीपन र चरम अनैतिकताले पराकाष्ठा नाघिसकेको छ । जनतालाई पटक पटक ढाटेर सत्ताको शैर गरिसकेका निर्लज्ज प्राणीहरुको भिड साबित भैसकेका छन र पनि अझै जनतालाई आफ्नो मपाईत्वको नारा भजाउन जनतालाई भेडा बनाउन लागिपरेका छन ।
सत्तामा रहनेहरु रोग भोक र चरम गरिबिको शोकमा डुबेका जनतालाई हेर्न आफुलाई कुनै स्वर्गको दुत आएको भान छरेर फर्किन्छन । जनताले सिटामोल पाउदैनन् नेताले भिटामिनको कमि भएको शिर्षकका करोडौं राष्ट्रिय ढिकुटि निकालेर बिदेश घुम्न जान्छन । झन संघीयता आएपछी त नेता र सम्सदको संख्या एति धेरै भयो कि सरकारी सम्पती लाई आफ्नो कोट को खल्तिमा नै राखी दुरुपयोग गरेका छ्न । यति निर्लज्ज भएकि छापामा दैनिक जसो राज्यको ढुकुटी को दुरुपयोग भनेर आउदानी लाज पचाएर समाजमा हिडिरहेका छ्न ।
जनताका छोराछोरी देशमै साक्षर छैनन नेताहरु आफ्ना छोराछोरीलाई महँगा बिदेसी बिधालय मा पढाउँछ्न । तमाम नेताका छोराछोरी स्वदेशमै डाक्टर इन्जिनियर पढेका पनि छ्न । नेताको पेसा छैन , ब्यबसाय छैन , पैत्रिक सम्पती पनि छ मैनालाइ पुग्ने छैन , आफ्नो लगानी मा एक रुपैया को नाफा घाटा को अनुभव छैन एक जनालाइ स्वोरोजगार बनाको छैन पूरा जनतालाइ रोजगारी दिन्छु भनेर जनतालाइ ढाटेका छ्न ।आखिर कहाँ बाट आयो करोडौं पैसा छोराछोरी को फिस तिर्न ? अधिकाम्स नेताको देश को प्रमुख सहर मा आलिसान घरहरू छन कहाँ बाट आयो त्यो पैसा ? नेपाल को राजनिती मा अधिकाम्स नेताहरुको इतिहास हेर्दा राजनीति लाई ब्यबसाय बनाएको देखिन्छ । सुरु देखि नै होल टाइमर कार्यकर्ता बन्छ्न , पेसा ब्यबसाय केही गर्दैनन् , केही नेताको अगाडि पछाडी लागेकै भरमा राजनीतिक नियुक्त हात पार्छ्न जहाँ कुनै योग्यता लागू हुदैन मात्र कति सालको पार्टी सदस्य हो भन्ने ले महत्त्व पाउन्छ ।यति मात्र कहाँ हो र अधिकाम्स नेताले चुनाब मा आफ्नै पार्टी मा नि टिकट किन्न्नुपर्ने बाध्यता आज बजारमा यत्रतत्र सुन्न पाइन्छ ।
कोहि नेताले त टिकट किन्ने अनि हारिन्छ जस्तो लागेपछी चुनाब को अघिल्लो दिन अर्को दललाइ समर्थन गरि बेचेका अनुमान पनि बजारमा प्रतेक चुनाब मा सुन्न पाइन्छ । जब सम्म योग्यता को आधारमा राजनितिक नियुक्ति गर्ने परिपाटी बन्दैन यी निकाएहरु अपांग रहिरहन्छ्न । आज सर्बत्र खुलेआम भ्रष्टाचार मौलाएको छ । देश हाक्ने प्रमुख अड्डा हरुको कुर्सिको मूल्य निर्धारण भएको छ । जब जनता को सेवा गर्ने भनी राखिएको कुर्सी किनेर आएको ब्याक्तीले पहिला लगानी नाउठाइ कसरी जनताको निस्वार्थ सेवा गरोस ।टिकट,कुर्सी , नियुक्ति ,सिफारिस आदिको मूल्य प्रायः सार्बजनिक बनिसकेको छ । कुर्सिको मूल्य विभिन्न बाहानामा जनताले नै तिर्ने हो ।
आज सरकारी अड्डा अदालत मा राजस्व मात्र तिरेर जनताका कुनै पनि काम हुदैनन ।यो सम्पुर्ण हुनुमा हामिले चुनेका प्रतिनिधीको पेसा ब्यबसाय नहुनु नै हो किनकी आफ्नो र परिवार को जिबिकोपार्जन का लागि राज्य दोहन बाहेक अन्य बिकल्प नहुनु । लाज ढाक्न लगाइने कपडामा पनि भ्रष्टाचार गरेको पैसा प्रयोग गर्नु जत्तिको निर्लज्जता केही हुन सक्छ । यसले लाज ढाक्दैन नाङ्गै देखाउन्छ , आज सबैजसो नेता जनताका अगाडी नाङ्गै छ्न ,निर्बस्त्र देखिएका छन । छोराछोरी हुर्काउन , पढाउन , लालन पालन देखि लाज ढाक्न लगाइने भित्री बस्त्रमा पनि राज्य दोहन को पैसा प्रयोग हुनु दुर्भाग्य हो ।
देशका कर्मचारी देखि विभिन्न निकाय र संघसंस्थामा राजनितीक पक्षपोषण गर्ने विभिन्न राजनितीक दलप्रति बफादार ट्रेड युनियनहरु खोलिएका छन ।एकजना युवायुवती १५/१६ बर्ष को कडा परिश्रम गरि आफ्ना कक्षाका ९०% साथी वैदेशिक अध्यन मा गएपनी देशको मायाले गर्दा स्व्देस मै अध्यन गरि सर्टिफिकेट हात पार्छ । सयौ ठाउँमा त्यो सर्टिफिकेट टक्राउन्छ केही हात लाग्दैन किनकी रोजगारी सिर्जना हुने सम्पुर्ण निकाय पुर्णतः अस्थिपन्जर मात्र छ्न । उता वैदेशिक अध्यनमा गएको साथी महँगा गाडी सहितको तस्बिर फेसबुकका वालमा राखेको देख्छ अनि दुई चार कन्सल्टेन्सी धाउन्छ तर आफ्ना बुबाआमा र देश प्रतिको मायाले ५/७ बर्ष को लोकसेवाको तयरी पश्चात् जिबनमुखी जागिर प्राप्त गर्दछ ,स्व्देस मा रहि देसको सेवाको हुटहुटी हुन्छ यहाँ यतिले जागिर खान पाइदैन अब अर्को संघसंगठनमा नि समाबेस हुन पर्ने बाध्यता छ ।
किनकी जब सरुवा र बढुवा मा विभिन्न प्रलोभनमा संघसंगठनका आदि गैर सरकारी सन्स्था को सरुवा का लागि लिस्ट बन्छ महिनौं अगाडी देखि मन्त्रालयको गेट र अफिस कब्जा जसो हुन्छ । अफिस र कार्यलयमा बर्सौ नदेखिएका अनुहार मन्त्री को अगाडि पछाडी देखिइरहन्छ्न र यो मेरो पार्टिको यो गठबन्धनको भनी विभिन्न बहाना बाजि गराउन्छ्न । दैनिक समयमा अफिस जाने /आउने र अफिस को काम कर्तव्य हुबहु गर्ने जमात हुदैन त्यहाँ ,त्यहाँ त केबल कान लुकाउने र समय नचिन्नेको जमात हुन्छ र इमान्दार कर्मचारी पराजित हुन्छ किनकी संघसंगठनका लिस्ट हुबहु कार्यनयन हुन्छ सायद सरुवामा येति मात्र चल्दैन अन्य लेनदेन पनि चल्दछ होला र सरुवा समानान्तर हुदैन । जब सरुवा / बढुवा समानान्तर हुदैन एउटा इमान्दार कर्मचारीको स्वोदेस्मै सेवा गर्ने हुटहुटी १०० ठाउँ बाट भाचिन्छ संघसंगठन जित्छ तर देशले हार्छ । अनि हामी सोझा जनता बिदेश गएका युवा युवती स्वदेश फर्किने आसामा बस्छौं ।
यस्तो भएपछि कसरी कुनै कर्मचारी, मजदुर पेशागत व्यवसायीले आफ्नो मर्यादाको हितमा काम गर्न सक्छन । नेता लाई सुरक्षित आम्दानी को स्रोत कर्मचारी बनेका छ्न , ६,६ महिना मा सरकार परिबर्तन र सरकार परिबर्तन सङ सङै कर्मचारी नि परिबर्तन हुन्छ्न । गाउँगाउँमा प्रत्येक पार्टीका छुट्टाछुट्टै विद्यालय, सहकारी र संघसंस्थाहरु हुन्छन । पलानो पार्टीको बिद्यालय फलानो पार्टीको सहकारी भनेर चिनिन्छन । यसरी मुलुक पुर्णरुपमा फोहोरी राजनितीले नराम्ररी जेलिन पुगेको छ । जहाँजहाँ जसको शक्ति र सामर्थ्य स्थापित गर्न सफल भएका छन त्यहाँ त्यहाँ सम्बन्धित राजनितीक दलको मनोमानी चलेको छ । देशमा लामो समयसम्म लम्बिएको सङ्क्रमण काल र द्वन्दले थपिएको जटिलताका कारण पनि देशभर यस्तो मनपरितन्त्रले नराम्ररी जरा गाडेको छ । जसको प्रत्येक्ष प्रभाव परेको छ मुलुकको विकास निर्माणका गतिविधिमा पनि । हरेक ठाउँमा आआफ्नो राजनितिक दलको स्वार्थमा विकासको लागि छुट्टिएको रकम झ्वाम हुन्छ ।
यसले कमजोर र असक्षम नेताहरूमा निर्भर गर्न को हानिकारक परिणामहरू निम्त्याउँछ। जब नेतृत्वमा कोही व्यक्ति नाफा र घाटा अनुभव नगरी काम गर्छन्, तिनीहरूले राष्ट्रिय समस्याहरुको समाधान गर्न गारो हुन्छ। यसले समाजमा व्यापक असन्तोष र टकरावको स्थिति सिर्जना गर्न सक्छ।
अबको बिकल्प भनेको पेसा र व्यवसायमा सफल व्यक्तिहरूले राजनीति क्षेत्रमा प्रवेश गरेर देशमा आमूल परिवर्तन ल्याउनु हो । यस्ता परिवर्तनहरू अक्सर तिनीहरूको नेतृत्व, विचारधारा र अनुभवका आधारमा हुनु पर्दछ ।
पेसा र व्यवसायमा सफल व्यक्तिहरूको राजनीति क्षेत्रमा प्रवेशले विभिन्न सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण योगदान पुर्याएको छ।
सामाजिक परिवर्तनका लागि, नेतृत्वले अनुभव र साँचो प्रतिबद्धता आवश्यक छ। सरकारले विकास कार्य गर्नका लागि सामान्य नागरिकको विश्वास र सहयोग अत्यावश्यक छ। तर जब नेतृत्वले आफ्नो स्वार्थका लागि काम गर्दछ, तब त्यसले नागरिकको यो विश्वासलाई कमजोर बनाउँछ।
यसले स्पष्ट रूपमा देखाउँछ कि हामीलाई नेता चयन गर्दा नागरिकको चेष्टा र समीक्षाको अवश्यकता बुझ्न् जरुरी हुन्छ । हाम्रो आलोचना र मूल्यांकनका आधारमा, हामीले योग्य र प्रतिबद्ध नेतृत्व खोज्नुपर्छ। केवल एक व्यक्ति वा पार्टीमा निर्भर रहनु पर्याप्त छैन; यसको लागि नागरिकको जागरूकता र सक्रियता अनिवार्य छ।
