रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानद्वारा आयोजित देशव्यापी रोटा क्विज २०२४-२५ को फाइनल बुटवलमा सम्पन्न

रोट्रयाक्ट डिस्ट्रिक ३२९२ द्वारा आयोजित “लेट रोट्रयाक्टर सन्तोष मेमोरिअल नेसनवाइड रोटा क्विज २०२४-२५” को फाइनल चरण बुटवलमा सम्पन्न भएको छ। रोट्रयाक्ट डिस्ट्रिक ३२९२ को १७ औं राष्ट्रिय सम्मेलनको क्रममा जनवरी ३, २०२५ मा सम्पन्न भएको उक्त रोटा क्विजमा रोट्रयाक्ट क्लब अफ भैरहवा प्रथम, रोट्रयाक्ट क्लब अफ बालाजु द्वितीय र रोट्रयाक्ट क्लब अफ मातृभूमि बालुवाटार आइओएम तृतीय भएका छन्।

रोट्रयाक्ट क्लब अफ पर्वतका रोटरी वर्ष २०१५/१६ का अध्यक्ष स्व. रोट्रयाक्टर सन्तोष पौडेलको सम्झनामा सुरुवात भएको यस क्विजको २०२४-२५ संस्करणको जोनल राउण्ड डिसेम्बर १४, २०२४ मा रोट्रयाक्ट डिस्ट्रिक ३२९२ को २० वटा जोनमा एकै साथ सम्पन्न भएको थियो जसबाट १२१ सहभागी रोट्रयाक्ट क्लबहरु मध्ये ३८ क्लबहरु क्लस्टर राउन्डको को लागि छनोट भएका थिए। डिसेम्बर २८, २०२४ मा ७ ठाउंमा सम्पन्न भएको क्लस्टर राउण्डबाट रोट्रयाक्ट क्लब अफ बिराटनगर सेन्ट्रल, रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउन, रोट्रयाक्ट क्लब अफ केएमसी दुवाकोट, रोट्रयाक्ट क्लब अफ मातृभूमि बालुवाटार आइओएम, रोट्रयाक्ट क्लब अफ बालाजु, रोट्रयाक्ट क्लब अफ पोखरा युनिभर्सिटी र रोट्रयाक्ट क्लब अफ भैरहवा गरि ७ रोटर्याक्ट क्लब हरु फाइनलमा पुगेका थिए।

रोट्रयाक्ट डिस्ट्रिक ३२९२ का जिल्ला सामुदायिक सेवा निर्देशक रोट्रयाक्टर नेत्र रम्तेलले प्रतियोगितामा विजेता हुने क्लबहरुलाई बधाई दिदैं यस प्रतियोगिताले रोट्रयाक्टरहरूलाई ज्ञानको खोजीमा प्रेरित गर्नुका साथै उनीहरूको बौद्धिक क्षमताको विकास गर्न सहयोग पुर्‍याएको र सम्पूर्ण रोटर्याक्ट क्लब, जोनल रोटर्याक्ट प्रतिनिधि, रोटर्याक्ट डिस्ट्रिक ३२९२ का सदस्यहरु लगायत रोटा क्विज समितिको सहकार्यमा रोटा क्विज सम्पन्न भएको जानकारी दिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.