
बुटवल ,
लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५पि, नेपाल अन्तर्रगत एरिया-३ को आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा १०५ युनिट रगत संकलन भएको छ। लायन्स अन्तरास्ट्रिय डिष्ट्रीक्ट ३२५ पि एरिया-३ का एरिया चिफ कोर्डिनेटर एम.जे.एफ लायन शान्ति पाठक पाण्डेको अध्यक्षता र रिजन-५ का रिजन चेयरपर्सन लायन कृष्ण प्रसाद पाण्डेको संयोजनमा भएको उक्त कार्यक्रममा डिष्ट्रीक्ट ३२५पि नेपाल बर्ष-२०२४/०२५ का डिष्ट्रीक्ट गभर्नर एम.जे.एफ लायन पुर्षोत्तम भक्त प्रधानाङ्ग ज्युको प्रमुख आतिथ्यता रहेको थियो भने बिशिस्ट अतिथिको रुपमा बुटवल उप-महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्री लोकनाथ न्यौपाने, डिष्ट्रीक्टका निवर्तमान डिष्ट्रीक्ट गभर्नर पि.एम.जे.एफ लायन अर्जुनमान सैंजु, प्रथम भाइस डिष्ट्रीक्ट गभर्नर पि.एम.जे.एफ लायन बालाराम भट्टराई, द्धितिय भाइस डिष्ट्रीक्ट गभर्नर एम.जे.एफ लायन सन्दिप कसौधन त्यसैगरी अतिथीको रुपमा डिष्ट्रीक्ट क्याबिनेट सचिब एम.जे.एफ लायन माधब प्रसाद खनाल, डिष्ट्रीक्ट क्याबिनेट कोषाध्यक्ष एम.जे.एफ लायन प्रकाश कुमार श्रेष्ठ, डिष्ट्रीक्ट GAT टिमका GST कोर्डिनेटर एम.जे.एफ लायन आशिष कृष्ण श्रेष्ठ, GLT कोर्डिनेटर एम.जे.एफ लायन अनिल प्रसाद श्रेष्ठ, GMA कोर्डिनेटर एम.जे.एफ लायन एम एल पाण्डे,FWC कोर्डिनेटर एम.जे.एफ लायन सुलोचना श्रेष्ठ, को-चिफ एडभाइजर (रक्तदान) एम.जे.एफ लायन लेख बहादुर कार्की लगायत विभिन्न पदमा रहनुभएका डिष्ट्रीक्टका पदाधिकारीहरु क्लबका अध्यक्ष एवं पदाधिकारीहरुको सहभागीता रहेको थियो भने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरीहरु, ट्राफिक कार्यालय बुटवलका ट्राफिक प्रहरीहरुको समेत सहभागीता रहेको थियो ।
रक्तसंचार केन्द्र बुटवलका प्राबिधिक सहयोग रहेको उक्त कार्यक्रमको संचालन एरिया-३ का एरिया सचीव लायन बिकाश श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक लायन कृष्ण प्रसाद पाण्डेले राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी एम.जे.एफ लायन पुर्षोत्तम भक्त प्रधानाङ्ग , बिशिस्ट अतिथी वडा अध्यक्ष लोकनाथ न्यौपाने तथा एम.जे.एफ लायन लेख बहादुर कार्की ज्युले रक्तदान सम्बन्धी सचेतना सहित शुभकामना मन्तव्य राख्नु भएको थियो, कार्यक्रममा धन्यवाद मन्तव्य सहित औपचारिक कार्यक्रमको समापन एरिया चिफ कोर्डिनेटर एम.जे.एफ लायन शान्ति पाठक पाण्डेले गर्नु भएको थियो।
