
बुटवल ,
बुटवल स्थित कालिकानगरमा रहेको हाइल्यान्ड ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा १८ फेब्रुअरी अर्थात भोलि फाल्गुन ६ गते मंगलवारका दिन बिहान १० देखी १२ बजे सम्म युके एडमिसन डे आरम्भ हुने भएको छ विशेष गरि यो कार्यक्रममा युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई युकेमा रहेका प्रमुख विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटघाट गर्ने र सम्पूर्ण प्रक्रिया बारे महत्त्वपूर्ण जानकारी प्राप्त गर्ने अवसर मिल्ने बताइएको छ । कार्यक्रममा युकेका प्रमुख विश्वविद्यालयबाट स्पट अफर लेटर प्राप्त गर्ने सीमित अवसर विश्वविद्यालयका प्रतिनिधिहरूसँग पाठ्यक्रम र प्रवेश प्रक्रिया, छात्रवृत्ति र क्यारियर अवसरहरू बारे जानकारी युकेमा अध्ययन गर्दा विद्यार्थी र उनका पार्टनरलाई कसरी सँगै अध्ययनको अवसर प्राप्त गर्न सकिन्छ भन्ने जानकारी ,युके भिसा र आप्रवासन अन्तर्वार्तामा कसरी सफल हुन सकिन्छ भन्ने जानकारी सगै युकेमा उपलब्ध छात्रवृत्ति र वित्तीय सहयोगका बारेमा थुप्रै महत्त्वपूर्ण जानकारी लिन सकिने हाइल्यान्ड ग्लोबल एजुकेसन कन्सल्टेन्सीका सीईओ दिवाश खनालले बताएका छ्न । कार्यक्रममा BPP विश्वविद्यालयका नेपाल, भारत र श्रीलंकाका लागि बिक्री निर्देशक तारणजीत सिंह, नेपालका देशीय प्रबन्धक शिव केसी,UWS लण्डन क्याम्पसका आधिकारिक प्रतिनिधि श्री बिबाश रिमालको सहभागीता रहने छ ।
