बुटवल ,
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीले हरेक बर्ष आयोजना गर्दै आएको मैत्रीपुर्ण पुर्ब अध्यक्ष फुटसल प्रतियोगिता यो बर्ष पनि सम्पन्न भएको छ । सनिवार लुम्बिनी फुटसल ग्राउण्ड योगिकुटिमा प्रतियोगिता सम्पन्न भयको हो। रिजन ५ भित्र रहेका विभिन्न रोट्रयाक्ट क्लबहरुमा आवद्ध क्लबका पुर्व अध्यक्षहरु , बर्तमान अध्यक्षहरु सम्मीलित ५ वटा टिमहरुलाइ फुलबारी , जितगढि, मायादेवि , तिलौराकोट र सिद्धबाबा नामाकरण गरि गोलाप्रथाको माध्यमबाट खेलाडी छ्नोट गरि खेल खेलाईएको थियो। ५ वटा समुहहरु आ – आफ्नो जर्सिमा सम्मीलित हुँदा खेलको आकर्षण झनै बढेको थियो । लिग चरणमा खेलाइएको खेलको फाइनलमा नविन अर्यालको कप्तानिमा रहेको टिम फुलबारी र सुबिन खड्काको कप्तानिमा रहेको टिम जितगढि बिच निकै प्रतिस्पर्धात्मक र रोमान्चक खेल भएको थियो खेलमा ४-३ गोल अन्तरले टिम फुलबारी बिजेता बन्यो भने टिम जितगढिले उपबिजेतामा चित्त बुझाउनु पर्यो बिजेता तथा उपबिजेता दुबै टिमका खेलाडीहरुलाइ कार्यक्रमका प्रमुख अतिथि रोटरि क्लब अब तिलोत्तमा रुपन्देहीका अध्यक्ष देबिराम पाण्डे, रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष सिए मोहन खत्रीले मेडल तथा कप प्रदान गर्नु भएको थियो ।
खेलमा उत्कृष्ट गोल रक्षकको रुपमा टिम फुलबारीका दिनेश गैरे हाइ स्कोररको रुपमा टिम सिद्द्बाबाका लक्ष्मण रेग्मि र उत्कृष्ट खेलाडीको रुपमा टिम जितगढिका बिनोद बस्याललाइ सम्मान गरिएको थियो भने खेलमा रेफ्रीको रुपमा रहुनुहुने हिमाल कार्कि ,सरोज खनाल र स्कोर रेकर्डरको भुमिका निर्वाह गर्ने मदन गिरिलाइ मायाको चिनोद्वारा सम्मान गरिएको थियो। पुरस्कार बितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबिराम पाण्डेले स्वस्थ जिवनका लागि खेलकुद निकै आवस्यक रहेकोले यस्तो कार्यक्रमलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । समापन समारोहमा रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ का डिआरआर बिक्रम क्षेत्रि, डिआरआर इलेक्ट दिनेश गैरे , डिआरआर नोमिनि प्रकाश शर्मा, रोट्रयाक्ट क्लब अफ बुटवल साउथका पुर्ब अध्यक्ष निशान बाबु कार्कि , फुटसल प्रतियोगिता संयोजक एवं रोट्रयाक्ट तिलोत्तमा रुपन्देहीका पुर्ब अध्यक्ष माधव पराजुलि लगायतले भनाइ राख्नुभएको थियो । समापन कार्यक्रम रोट्रयाक्ट क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष सिए मोहन खत्रीको अध्यक्षता र डिस्ट्रिक्ट सह सचीव अनुप पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
