डब्बो नेपाली समाज अष्ट्रेलिया(डिएनसिए) को आयोजनमा होली मेला २०२५  सम्पन्न ।


बिदेश ,

डब्बो नेपाली समाज अष्ट्रेलिया(डिएनसिए) को आयोजनमा होली मेला २०२५  सम्पन्न भएको छ । रंगहरुको  रंगीन पर्बको रुपमा रहेको उक्त कार्यक्रम एक  उत्सवको रुपमा सम्पन्न भएको थियो  कार्यक्रममा  करिव ८०० जनाको सहभागीता रहेको थियो।  ओरीस्कन र डब्बो क्षेत्रीय काउन्सिल सँगको साझेदारीमा आयोजना गरिएको होलि मेला २०२५ लाइ सेभेन फाइनान्स एण्ड होम लोन र लक्ष्मी होम लोनले सहयोग गरेको थियो । डब्बो नेपाली समाज अष्ट्रेलिया(डिएनसिए) का अध्यक्ष राजिव भट्टराईले कार्यक्रममा आभार व्यक्त गर्दै  होली मेला केवल एक पर्व मात्र नभइ यो एकता, विविधता र एकताको उत्सव भएको बताउनु भयो ।

कार्यक्रममा विभिन्न  सांस्कृतिक प्रदर्शनहरू, लाइभ डीजे संगीत र स्वादिष्ट खानेकुराका स्टलहरूको व्यवस्थापन समेत गरिएको थियो। कार्यक्रममाअतिथिहरूको रुपमा मेयर जोश ब्ल्याक, सांसद दुगाल्ड सॉन्डर्स, विधान परिषद सदस्य स्टीफन लरेन्स, काउन्सिलर शिब्ली चौधरी, ओरीस्कन अध्यक्ष गर्गी गंगुली र अन्य सम्मानित अतिथिहरू सहभागी रहेको थियो।
 तिव्र  हावाका कारण जम्पिङ कार्यक्रम  रद्द गर्नुपरेको भए पनि कार्यक्रममा सहभागि बच्चाहरू रंग फ्याँक्नमा  रमाइरहेका  थिए उनीहरूको जोश र उत्साहले  सबै उपस्थितहरूलाई होलि मेलालाइ थप रौनकता दिएको थियो  ।होलि मेलाको समापन कार्यक्रममा बोल्दै  डिएनसिए अध्यक्ष राजिव भट्टराईले 2DU AM रेडियो 1251, Zoo FM 92.7 र फोटो न्युजलाई मिडिया सहयोगको  लागि विशेष धन्यवाद दिदै  टचवुड फिल्म स्टुडियो, डीएनसीएका स्वयंसेवक लगायत डीएनसीका सबै सहभागीहरूलाई धन्यवाद दिनुभयो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.