बुटवल, चैत्र १४
चर्चित युवा कवि नवराज पराजुलीको विशेष कविता कन्सर्ट बुटवलमा आयोजना हुने कविता कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएका छ्न ।” बुटवलमा भेटौला” भन्दै कला, साहित्य, र संगीतप्रेमीहरूलाई लक्षित गरी ड्रिम हाइ नेपाल द्वारा आयोजित कविता कन्सर्ट कार्यक्रम क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा आयोजना हुन लागेको छ जसमा विभिन्न संघ संस्था एवं व्यावसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहेको छ।
पराजुलीको एकल कविता कन्सर्ट यहि चैत्र १६ गते सनिवार बुटवल कालिकानगर स्थित क्लब डेनोभोमा दिउँसो ३:०० बजे बाट सुरु हुनेछ । कार्यक्रममा नवराज पराजुलीले आफ्ना चर्चित कविता वाचन गर्नुका साथै यो पटक हुने बुटवल कन्सर्टमा नया कविता पस्कने प्रतिबद्दता समेत गर्नु भएको छ । कार्यक्रम टिकट शो हुने र कार्यक्रमबाट संकलित रकमबाट केहि रकम बुटवलस्थित दृस्टीबिहिनलाइ सहयोग समेत गरिने आयोजकले जानकारी दिनु भएको छ । साहित्यप्रेमीहरूका लागि यो कार्यक्रम निकै फरक अनुभुति दिने र प्रेरणादायी हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । कार्यक्रममा सहभागीताका लागि इच्छुक व्यक्ति तथा सस्थाहरूले सम्पर्क आयोजकको सम्पर्क नम्बर ९८५७०७८०२४ मा सम्पर्क गरि वा चियावाला बुटवल , चिया चौतारी बुटवल सुख्खानगर, जुनकीरी मंगलापुर , विपास्ना फार्मेसी बुटवल कालिकानगर, हरियो तरकारी तिनकुने र ई प्लानेट एजुकेसन बुटवल मिलनचोकबाट समेत टिकट खरिद गर्न सकिने बताइएको छ भने प्रायोजन र सहयोगका लागि समेत सहकार्य गर्न सकिने आयोजकले जानकारी दिएका छन।
