१८ जेठ, काठमाडौं — राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहितको आन्दोलनमा सहभागी राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। बालुवाटार प्रवेश प्रयासका क्रममा प्रहरीले थापासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो। आन्दोलन उग्र बनेपछि प्रहरीले ब्यारियर तोड्नेहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका थापा लगायत शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिना हाल भद्रकाली प्रहरी परिसरमा छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण आन्दोलनमाथि दमन भएको आरोप लगाउँदै सोमबारबाट देशव्यापी प्रदर्शनको चेतावनी दिएका छन्।
Post Views: 339
