सुर्खेत, २०८२ जेठ २० – कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेललाई उत्कृष्ट कार्य सम्पादनका लागि नगद पुरस्कारद्वारा सम्मानित गरेको छ।
कार्यालय प्रमुखको रूपमा कार्यरत डीएसपी पोखरेलले आफ्नो कार्यक्षेत्रमा देखाएको समर्पण, जिम्मेवारी र उत्कृष्टताका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयको पत्र संख्याः २९६, मिति २०८२।०२।२० मार्फत पुरस्कृत गरिएको हो। यस पुरस्कारले पोखरेलको कार्यसम्पादनमा थप प्रेरणा र उर्जा थप्ने विश्वास व्यक्त गरिएको छ। डीएसपी पोखरेल ईमानदार र सरल व्यवसायिक प्रहरी अधिकृतको रुपमा आफुलाई जनमानसमा चिनाउन सफल भएका छन्।
Post Views: 693
