लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटियो

पर्वतको मादी गाउँपालिका-३ देउरालीको लाङ्‌दीमा पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाका अनुसार पहिरोमा परी मोदी ३ का ७६ वर्षीया छविलाल विक र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमाया विकको शव भेटिएको हो ।

गएराततिदेखि परेको अविरल वर्षाका कारण घर‌माथिबाट गएको पहिरोमा पुरिएर विक दम्पती बेपत्ता भएका थिए । बेपत्ताको स्थानीयवासी र प्रहरीले खोजी गर्दा पुरिएको अवस्थामा शव भेटिएको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो । 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.