असार २४ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि तिब्बततर्फ अलपत्र परेका २ सय ३ जना नेपाली बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेका छन्।
नेपाल सरकारको आग्रहमा ती नेपालीलाई चीनको न्यालम प्रशासनले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थापासहितको स्थानीय प्रशासनलाई जिम्मा लगाउँदै तातोपानी नाकाबाट नेपाल फर्काइएको हो। उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा ल्याइएको थियो।
भोटेकोशीमा आएको बाढीका कारण मितेरी पुलमा आवागमन बन्द भएपछि चीनले तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकसहित नेपाली नागरिकलाई उद्धार गरेर केरुङमा राखेको थियो। बाँकी नेपालीहरूलाई पनि समन्वय गरेर सुरक्षितरूपमा नेपाल पठाइएको जनाइएको छ।
Post Views: 108
