एनआरएनए (NRNA) स्कटल्याण्ड राज्य समितिका लागि खुसीको खबर: £4,509 सदस्यता शुल्क फिर्ता!

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्कटल्याण्ड राज्य समितिका लागि एक महत्वपूर्ण उपलब्धि हासिल भएको छ। लामो समयदेखि उठाउँदै आएको मागअनुसार, राज्य समितिको तर्फबाट संकलित सदस्यता शुल्क फिर्ता लिने कार्य सफलतापूर्वक सम्पन्न भएको छ।

सचिव रामप्रसाद कँडेलको विशेष पहल र पत्राचारको फलस्वरूप, सदस्यता शुल्क £10 बाट £3 का दरले 1,503 जना सदस्यको जम्मा £4,509 फिर्ता गरी एनआरएनए स्कटल्याण्ड राज्य समितिको बैंक खातामा प्राप्त भएको हो। यो ऐतिहासिक उपलब्धिका लागि हालका एनसीसी यूके अध्यक्ष हितकाजी गुरुङ, महासचिव गोविन्द प्रसाद खरेल, कोषाध्यक्ष विष्णु खरेल लगायत सम्पूर्ण कार्यसमितिलाई राज्य समितिले धन्यवाद दिएको छ।

सचिव कँडेल भोलि २६ जुलाई २०२५ मा हुन गइरहेको एनआरएनए एन सी सी युके(NRNA NCC UK) को (स्कटल्याण्ड) उपाध्यक्ष पदको उम्मेदवार समेत हुन्। यो उपलब्धिले पारदर्शिता र संगठनप्रतिको प्रतिबद्धतामा उनको नेतृत्व क्षमताको प्रमाण दिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.