पोखरामा भेटिए सिन्धुलीबाट हराएका हायू परिवार  

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ ।

परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका स्रोतले जनाएको छ । उनीहरुले तीन वटा कोठा लिएर होटलमा बसेको बताइएको छ ।

यसअघि सोमबार गाउँपालिकाले हायू परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो । उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन थिए । अहिले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर सोधखोज गरिरहेको छ । उनीहरू इलाका प्रहरी कार्यालय सिसुवाको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतले बताए अनुसार, उनीहरूले सिन्धुलीको उक्त घरमा आफूहरू बिरामी पर्न थालेपछि नयाँ ठाउँको खोजीका लागि पोखरा पुगेको बताएका छन् ।सिन्धुलीको त्यो ठाउँमा हामी बिसन्चो भइरहेने भएको कारणले हामी नयाँ ठाउँमा आएका हौं भनेका छन्,’ प्रहरीसमक्ष उनीहरूले बताएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.