बिपिन जोशी खोज्न बहिनी र आमालाई इजरायल लगिदै

हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीलाई इजरायलले आफ्नो मुलुक लैजाने तयारी गरेको छ ।

इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लैजाने तयारी गरेको हो । आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासले आगामी सोमबार इजरायल लैजाने तयारी गरेको छ ।

एम्बेसीले सोमबारको टिकट काटेको छ । इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्‍याउने तयारीसमेत गरेको छ । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।

हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.