उत्तरकाशीमा आएको बाढीमा बेपत्ता हुनेहरुको सूचीमा नेपालीको नामछैन : दुतावास

भारत उत्तराखण्डकाे उत्तरकाशीमा आएको बाढीमा नेपाली नागरिककाे मृत्यु भएकाे वा बेपत्ता भएकाे आधिकारिक जानकारी नरहेकाे राजदूतावासले स्पष्ट पारेकाे छ। उक्त विपद्‍मा परी मृत्यु हुने र उद्धार गरिएकाको सूचीमा हालसम्म नेपालीको नाम नरहेकाे नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएकाे हाे।

उत्तराखण्ड प्रहरीले दूतावासलाई उपलब्ध गराएको विवरण अनुसार साउन २० गते आएको पहिरोमा पहिरोमा परेकामध्ये हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको छ भने घटनास्थलबाट २ जनाको शव फेला परेकाे छ । तीमध्ये कुनै पनि नेपाली नागरिक नरहेको दूतावासले स्पष्ट पारेकाे छ।

बरु उत्तराखण्डको पौडी गढवाल जिल्लाको बागोडामा साउन २१ गतेमा आएको बाढीपहिरोमा पाँच जना नेपाली हराइरहेको दूतावासलाई विवरण प्राप्त भएको छ । घाइते भएका चार जना नेपालीमध्ये तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ । 

दूतावासद्वारा जारी गरिएको विज्ञप्ति 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.