बागमती नगरपालिकाका प्रमुख भरत थापालाई  ८ वर्ष कैद र १० करोड जरिवानाको फैसला

सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विषेश अदालतले  ८ वर्ष कैदको फैसला सुनाइएको छ । बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै जनही ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २ सय ९९ रुपैयाँ १३ पैसा जरिवाना सजाय सुनाएको हो ।  

थापा सहित तीनै जनालाई विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो । 
साथै अदालतले उनीहरुबाट पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा दाखिला गराउनेसमेत फैसला गरेको छ । उनीहरुले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको अदालतको ठहर छ ।

विशेष अदालतले यसअघि थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको थियो।  मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.