नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका– ५ तुइँनखोलानजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्णरुपमा अवरुद्ध भएको हो ।
आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो । त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।
अहिले पहिरो पन्छाउने काम भइरहेको उनको भनाइ छ ।
Post Views: 126
