भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध

भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड अवरुद्ध भएको छ ।

शनिबार बिहान मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ ज्यामिरेमा खसेको सुक्खा पहिरोका अवरुद्ध सडक सोमबार बिहानसम्म अवरुद्ध नै छ ।

आइतबार ३ वटा डोजर प्रयोग गरेर सडक सुचारु गर्ने प्रयास गरिए पनि आइतबार साँझ परेको पानीका कारण पुनः खसेको पहिरोले सडक सञ्चालनमा कठिनाइ भएको छ ।

पूर्वाधार विशेष आयोजना हेटौँडाका प्रमुख देवनारायण यादवका अनुसार आइतबार दिनभर बाटो खुलाउने प्रयास गरिए पनि साँझ परेको पानीका कारण पहिरो खस्न थालेपछि साँझ ६ बजेपछि काम रोकिएको थियो ।

सो सडक प्रदेश सरकारले प्रादेशिक सडक गुरुयोजनाअन्तर्गत राखेर राजधानी मार्ग नामकरण गरी निर्माण गरिएको छ । सो सडकको काठमाण्डुतर्फको केही भाग कालोपत्रे गर्न बाँकी रहेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.