स्वास्थ्यकर्मी झुण्डिएको अवस्थामा मृत फेला

बैतडीको एक  स्वास्थ्य चौकीमा कार्यरत अनमी मृत फेला परेकी छन्। मृत फेला पर्नेमा पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत अन्दाजी २४ वर्षीया अनमी भागरथी विष्ट रहेकी छिन्।


बस्ने कोठामा आइतबार राति ८ बजेतिर विष्ट झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले बताए। पुर्चाैडी–१० चौमाला घर भएकी मृतक विष्टका श्रीमान् नेपाली सेनामा कार्यरत रहेका र गत वैशाखमा मात्रै उनीहरूको विवाह भएको थियो।
 
अनमी झुण्डिएको अवस्थामा फेला परेपछि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.