संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन् ।
राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए ।
उनले हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हामीले निरन्तर यसप्रति दबाब दिँदै आएको बताए । कृषि अध्ययनका लागि इजरायल पुगेका बिपिन जोशी अझै गाजामा बन्धक अवस्थामा छन्।
Post Views: 143
