रुबी हत्या प्रकरण : प्रेमी पक्राउ, बाध्यताबश मारेको स्वीकारोक्ती

रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार  बिहान पक्राउ परेको छ ।

पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए ।

पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको प्रहरी चौकी माधोपुरका वरिष्ठ प्रहरी हबल्दार राजेश थारूले जानकारी दिनुभयो ।

गरुडामा उपचार सम्भव नदेखिए पछि पासवानलाई थप उपचारका लागि बर्न हस्पिटल कीर्तिपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।

रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् । आफ्नो जिउमा आगो लगाउनु केही बेर अघि तयार गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको पुष्टि गर्नुभएको छ ।

रुबिको हत्या गरेर हत्याराले सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.