काठमाडौंको जडिबुटीमा शुक्रबार बिहानै स्कुटर दुर्घटना हुँदा २ युवाको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्कुटर चालक नवलपरासी स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने २२ वर्षीय शिरिस पौडेल र काभ्रेपलाञ्चोक घर भएका २३ वर्षका नितेश नेपाल रहेका छन् ।
प्रहरीका अनुसार बिहान करिब ३ बजेतिर जडिबुटीको आकासे पुलनजिकै सडक छेउमा रोकी राखेको बा प्र०१–००६ ख ४२४३ नम्बरको बसमा लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएको थियो ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुलाई राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Post Views: 136
