खोलाले बगाएर एक जनाको मृ*त्यु

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

 १५ भदौ २०८२, आइतबार

 १ घण्टा पहिले

शेयर गर्नुहोस:

facebook sharing button
twitter sharing button
sharethis sharing button

फन्ट परिवर्तन गर्नुहोस:

गुणबहादुर रोका 

 गोरखामा भेडा बचाउन खोलामा हामफाल्दा खोलाले बगाएर गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका –१ का ६० वर्षीय अर्जुन घले भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

उहाँका अनुसार शनिबार बेलुका ४ बजे जङ्गलबाट भेडा चराएर घरतर्फ ल्याउने क्रममा स्थानीय किस्वाराँ खोलाको फड्के तर्दा भेडा खसेर बगाएको र सोही भेडा बचाउन खोलामा हाम्फाल्दा घलेलाई खोलाले बगाएर मृत्यु भएको उहाँले बताउनुभयो । 

भेडासँगै खोलामा बगेका घलेलाई स्थानीय, बारपाक चौकीका प्रहरी र इलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका साँझ ७ बजे फट्केभन्दा ४० फिट तल खोचमा घलेको शब फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

खोलामा हाम फाल्दा मृत्यु भएका घलेको शब पोष्टमार्टको लागि प्रदेश अस्पताल गोरखामा आइतबार लगिएकाले उक्त घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक सुवेदीको भनाइ छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.