बीपी राजमार्गमा राति यात्रुवाहक सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक जिल्ला सुरक्षा समितिले भदौ मसान्तसम्म साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । 

जिल्ला प्रमुख अधिकारी उमेशकुमार ढकालका अनुसार, गत वर्षको वर्षातपछि राजमार्गमा क्षतविक्षत सडक, कमजोर भौगोलिक अवस्था र हालैको मनसुनका कारण जोखिम अझै कायम रहेको छ ।

त्यसैले काभ्रेभञ्ज्याङ–भकुण्डेवेशी हुँदै सिन्धुली तर्फ जाने निजी र सार्वजनिक सवारी साधनमा राति सञ्चालनमा रोक लगाइएको हो ।

विशेषगरी काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडकखण्ड बढी जोखिमयुक्त रहेको भन्दै सुरक्षा समितिले यो कदम उठाएको जनाएको छ । प्रतिबन्धको पालनाले सडक प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.