जेनजीको प्रदर्शनले तनावपूर्ण मोड लिएको छ । जेनजीका केही प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडी संसद् भवनभित्र प्रवेश गरेका छन् ।प्रत्यक्षदर्शीका अनुसार, उनीहरू संसद् परिसरको मूल गेटबाट माथि चढ्दै भित्र पसेका हुन् ।सुरक्षाकर्मीले रोक्ने प्रयास गरे पनि भिडको चापका कारण नियन्त्रण गर्न कठिन भएको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिरहेको छ । संसद् भवन परिसरमा अहिले तनावपूर्ण अवस्था छ भने थप सुरक्षाकर्मी खटाइएको छ ।
Post Views: 101
